२०८३ भदौ २२, सोमवार
 

गठबन्धनमा टुङ्गियो महानगरको भागबण्डा भरतपुर माओवादी र पोखरा समाजवादीलाई

तश्विर रासस
prabhu bank home loan

काठमाडौं – नेपाली कांग्रेसले पोखरा महानगरको दावीबाट पछि हटेसँगै सत्ता गठबन्धनमा ६ वटै महानगरको भागबण्डा टुङ्गिएको छ ।

 

यसअघि पोखरा महानगरमा कांग्रेस र नेकपा एकीकृत समाजवादीले दावी गर्दा गठबन्धनमा परेको गाँठोका कारण महानगरको भागबण्डा टुङ्गिन सकेको थिएन ।

 

पोखरा महानगरका कारण गठबन्धन नै टुट्ने अवस्था आएपछि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार पोखरेली कांग्रेसका नेताहरुलाई बोलाएर गठबन्धनको बाध्यताले पोखराको नेतृत्वको दावी छोड्नुपर्ने अवस्था आएको बताएका थिए ।

 

मुलुकका ६ महानगरमध्ये नेपाली काँग्रेसले तीन महानगर क्रमशः काठमाडौं, ललितपुर र विराटनगरको नेतृत्व पाउने भएको छ भने माओवादी केन्द्रले भरतपुर, जसपाले वीरगञ्ज र नेकपा एकीकृत समाजवादीले पोखरा महानगरको नेतृत्व गर्न पाउने भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

eleven + seventeen =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने