२०८३ असार ९, मङ्लबार
 

आज बैशाख ५ गते सोमवारको राशिफल

prabhu bank home loan

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा नै हुनेछ । मेहनत गर्दा सफलता प्राप्त होला । व्यवसायका लागि यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखद रहला ।

 

बृष : (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रशासनिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । साँझमा भने खर्च बढ्न सक्छ ।उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । साथै सामान्य रोगले सताउला ।

 

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शुभकार्य र नयाँ कार्यको योजना बन्नेछ । उत्साहजनक समाचारले हर्ष बढ्नेछ । चिताएको काम पुरा नहुन सक्छ ।

 

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ, तर स्वास्थ्य प्रति गम्भीर रहनु होला ।दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ ।

 

सिंह: (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आयआर्जनका क्षेत्र भने कमजोर नै रहला ।गुरुजनको विशेष सहयोग जुट्नेछ । अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धन लाभ होला ।

 

कन्या : (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

पारिवारिक भेटघाट हुनुका साथै इस्टमित्रहरूसँग पनि मेलमिलाप हुनेछ । शैक्षिक क्षेत्रमा राम्रै हुनेछ । प्रेममा पनि सफलता पाइनेछ ।

 

तुला : (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्त र बन्धुबान्धवबाट सहयोग मिल्नेछ । प्रेमका कोपिलाहरू पक्रिएर जानेछन् ।

 

बृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । राजनैतिक क्षेत्र कमजोर नै होला । चुनौतीको सामना र स्वास्थ्यमा समस्या आउला ।

 

धनु : (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

अग्रज व्यक्तिको सहयोग मिल्नेछ । पारिवारिक सुख र स्वादिष्ट परिकारको अवसर मिल्ला । अनावश्यक बाहिर ननिस्केकै जाती ।पढाइमा प्रगति हुनेछ । आत्मीयजनसँग भेटघाट होला ।

 

मकर : (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

पुनर्मिलनको योग रहेको छ । विश्वास गरेकाले साथ दिनेछन् । सामाजिक कार्य सफल हुनेछ । पिडा दिनेहरु सक्रिय रहन सक्छन्, एकदमै सावधान रहनु होला । केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला ।

 

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, द)

भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिभा देखाएर अवसर हात पार्न सकिनेछ । मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ ।

 

मिन : (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

व्यापारमा फाइदा हुनेछ । काममा माता पिताको सहयोग प्राप्त होला । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ । प्राकृतिक पर्यावरणमा रमाउने दिन छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

5 × three =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने