२०८३ बैशाख ८, मङ्लबार
 

सबै पालिकामा उम्मेदवार सिफारिस गर्न एकीकृत समाजवादीको निर्देशन

विद्रोह भूमिका खेलेकालाई प्राथमिकता

prabhu bank home loan

काठमाडौं – नेकपा एकीकृत समाजवादीले आसन्न स्थानीय तहको निर्वाचनका लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आइतबार सम्पन्न भएको केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष माधव नेपालको नेतृत्वमा १ हजार १ सय ११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी बनाएको हो ।

समितिमा केन्द्रीय कमिटी, तीनवटै केन्द्रीय आयोग, केन्द्रीय सल्लाहाकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी एवम् सदस्यहरु, केन्द्रीय परिषद् सदस्य, प्रदेशका पदाधिकारी, जिल्ला अध्यक्ष जनसंगठनका केन्द्रीय पदाधिकारी रहने छन् ।

 

यस्तै, महासचिव वेदुराम भुसालको संयोजकत्वमा निर्वाचन परिचालन केन्द्रीय सचिवालय गठन भएको छ । उक्त समितिमा प्रकाश ज्वाला, गंगालाल तुलाधार, डा। विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सञ्जेल, सूर्य खत्री र द्रोणाचार्य क्षेत्री सदस्य रहेका छन् ।

 

एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनका लागि सबै पालिकामा उम्मेदवारहरु सिफारिस गर्न निर्देशन पनि दिएको छ । उम्मेदवार छनोटको मापदण्डअनुसार वडा सदस्यको उम्मेदवार वडा कमिटीले सिफारिस गर्नेछ भने पालिका कमिटीले टुंगो लगाउने छ । वडा अध्यक्षको उम्मेदवार वडा र पालिकाको सिफारिसमा जिल्ला कमिटीले टुंगो लगाउने भएको छ ।

 

गाउँपालिका प्रमुख उपप्रमुख र नगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार पालिका र जिल्ला कमिटीको सिफारिसमा प्रदेशले टुंगो लगाउने छ । उपमहानगर र महानगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार पालिका, जिल्ला र प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले टुंगो लगाउने छ ।

 

बैठकको निर्णयअनुसार वडा कमिटीले ३० चैतमा सिफारिस गरिसक्नुपर्नेछ भने पालिकाले २ वैशाख, जिल्लाले ४ वैशाख, प्रदेशले ६ वैशाखमा सिफारिस गरिसक्नुपर्नेछ भने केन्द्रले भने ८ वैशाखभित्र निर्णय गरिसक्ने केन्द्रीय सचिवालयको निर्णय छ ।

 

देशभरका पार्टी संगठनलाई उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको एकीकृत समाजवादीले उम्मेदवारका लागि ७ बुँदे मापदण्ड तोकेको छ ।

 

पार्टीको नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको, पार्टीमा योगदान गरेको र विद्रोहमा भूमिका खेलेको, पार्टीप्रतिको निष्टा र अनुशासनमा दृढ तथा आर्थिक एवं नैतिक आचरण राम्रो रहेको व्यक्ति उम्मेदवारका लागि योग्य हुनेछन् ।

 

त्यसैगरी, जनतामा स्थापित एवं लोकप्रिय, स्वच्छ छवी भएको र सुशासनको पक्षपाति, कार्यक्षमता राम्रो भएको तथा समावेशीतालाई ध्यान दिने नेता नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बन्न पाउनेछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

nine + four =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने