काठमाडौं – त्रिकोणात्मक टी–२० श्रृखंलाको उपाधि नेपालले जितेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ५१ रनले हराएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो ।
नेपालले घरेलु मैदानमा लगातार दोस्रो टी २० सिरिज जितेको छ । यसअघि नेपालले घरेलु मैदानमा सन् २०२० मा नेदरल्याण्ड्स र मलेसिया सम्मिलित सिरिज जितेको थियो ।