२०८३ बैशाख ८, मङ्लबार
 

आजको मौसम : हावाहुरी चल्न सक्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

prabhu bank home loan

काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको र मौसम सामान्य रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ का पहाडी भूभागहरूका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको साथै हावाहुरीको समेत सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । भने तराईका भू-भागहरूमा हल्का तापक्रम बढ्ने क्रममा रहेको जनाएको छ ।

 

महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आजको मौसम आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ का पहाडी भू-भागहरूका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको पनि सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

 

अहिले बिहान प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहेको छ । आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

5 × 2 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने