२०८३ जेष्ठ २३, शनिबार
 

चिनियाँ विदेशमन्त्री वाङ चैत ११ गते नेपाल आउने

prabhu bank home loan

काठमाडौँ : चिनियाँ विदेशमन्त्री वाङ यी यही चैत्र ११ गते नेपाल आउने भएका छन् । नेपालको औपचारिक भ्रमणका लागि विदेशमन्त्री  आउने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणमा वाङ नेपाल आउन लागेका हुन् । उनले नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने र परराष्ट्रमन्त्री खड्कासँग दुई पक्षीय भेटवार्ताको गर्ने कार्यक्रम तय भइसकेको मन्त्रालय स्रोतले जनाएको छ ।

नेपालसँगको सम्बन्ध थप मजबुत बनाउने र अनुदान सहायता बढाउने उद्देश्यले वाङ नेपाल आउन लागेको बताइएको छ । पछिल्लो समय अमेरिक सहयोग परियोजना एमसीसी संसदबाटा पारित भइसकेको अवस्थामा चीनले पनि अनुदान सहायता तथा राजनीतिक प्रभाव बढाउन खोजेको देखिन्छ ।

नेपाल रहँदा उनले पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्ने तय भएको जनाइएको छ । भ्रमण सकेर उनी चैत १३ गते स्वदेश फर्कने कार्यतालिका तय भएको मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

2 + 5 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने