२०८० मंसिर १६, शनिबार
 

जेलैमा हो जेलैमा चरी जेलैमा..

बिचार विमर्श

नेकपा एमालेका तेस्रो धार भनेर चिनिएको नेताहरु ओलीको फन्दामा परेका छन् । एमाले बाट बाहिरिन पनि नसक्ने र एमाले भित्र बस्न पनि नसक्ने स्थीतिमा पुगेको यो समुहको स्थीती विष्णु माझिको गीत जेलैमा हो जेलैमा चरी जेलैमा जस्तै भएको तेस्रो धारका एक नेताले बताएका छन् ।  प्रभावशाली नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रघुजी पन्त, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डेले एमालेमा आफ्नो अस्तित्व नरहेको बताएका छन् ।

एमाले विभाजित भएर माधव कुमार नेपालको साथ छाडेका तेस्रो धार एमालेमै बसे ओलीले प्रधानमन्त्रीबाट जबर जस्त हटाएको नमिठो र अपमानित भएको हिसाब किताब राम्रो संग गर्न लगभग निश्चित भएको आकलन गरिएको थियो ।

माधव नेपालको पार्टीमा रहेकाले ठिक जे अनुमान गरेका थिए ठिक ओलीले त्यस्तै गरेका छन् । एमाले सुदुरपश्चिम प्रदेशमा भीम रावललाई इन्चार्ज बाट हटाएर ओलीले पुर्वमाओवादी नेता लेखराज भट्ट र बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई हटाएर बागमती प्रदेशको इन्चार्जमा राजबहादुर थापा बाललाई दिइयो यो त सुरुवात मात्र थियो । अहिले एमाले तेस्रो धारका नेताहरुले १० बुँदे सहमतीको कुरा उठाउन भन्दा अरु केही गर्न नसक्ने देखीएको छ । योगेश भट्टराइले जिम्मेवारी त पाएका छन् तर ओली समुहले जे निर्णय गर्दछन् त्यो पढेर सुनाउने मात्र ।

एमाले विधान संसोधनमा त झन् १० टोली मा टोलीको सदस्य समेत हुन बाट तेस्रो धारलाई बन्चित गरियो । तेस्रो धार अहिले आएर एमाले छाड्ने योजनामा रहेको एक नेताले बताएका छन् । एमाले अध्यक्षमा केपी ओली पुन दोहोरिने भएपछि एमालेमा गुट उपगुट बनाउन पुर्ण रुपमा बन्देज लगाइसकेको र कुनै पनि समुह बन्न नदिएर ओलीले तेस्रो धारका नेताहरुलाई तितर वितर बनाई सकेका छन् जुन ओलीलाई आउदो महाधिवेशनमा अध्यक्ष बन्नमा कसैले रोक्न सक्नेवाला छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

eighteen − 1 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने