२०८१ माघ १०, बिहिबार
 

ग्लोबल आइएमई बैंकद्वारा कोहलपुरमा विधुतीय शवदाह गृह निर्माणलाई २० लाख सहयोग

 

ग्लोबल आइएमई बैंक लिमिटेडले कोहलपुर नगरपालिकामा विधुतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग गरेको छ ।

ग्लोबल आइएमई बैंकको लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख संगिता सुवेदीलाई एक समारोहका बिच उक्त सहयोग हस्तान्तरण गर्नुभयो ।

कोहलपुर नगरपालिका र आसपासका नागरिकका लागि सरल, सहज तथा कम खर्चमा विधुतीय शवदाह गर्नका लागि कोहलपुर नगरपालिका वडा नं. ११ स्थित डुडुवा खोला र रोहिणी खोलाको संगमस्थलमा विधुतीय शवदाह गृह निर्माणको काम सुरु भईरहेको कार्यवाहक नगर प्रमुख सुवेदीले बताउनुभयो ।

साथै, बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले बैंकको यस सहयोगले वातावरणीय असर कम हुने विश्वास बैंकले लिएको जानकारी दिनुभयो ।

बैंकले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व अन्तर्गत विभिन्न परियोजनाहरु छनौट गरी काम गरीरहेको छ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरक फरक विधामा सम्मानित भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

15 − twelve =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने