अंग राज
राष्ट्रिय सूचना आयोगको आदेशपछि प्राप्त सूचना/सामाग्रीमा आधारीत
“मारवाडीले नेपालमा चोर्न मात्र सिकाए” । यो भनाई दुर्गा प्रसाइँको हो । लामो समय देखि बैंकहरुसँग बित्तिय सूचना माग गरी अध्ययन गर्ने क्रममा यो पंक्तिकार पनि मारवाडीले चोर्न मात्र सिकाए भन्ने भनाई सँग ९० प्रतिशत सहमत भएको छ । मारवाडीले नेतृत्व गरेको एउटा बैंकले अर्वौ रकम चोरेको विषय सप्रमाण उठान गर्न खोजिएको छ ।
झण्डै झण्डै ढली सकेको एनआईसी एसिया बैंक जेनतेन सम्हालिएको छ । खारेजीको निकै नजिक पुगेको बैंकका बारेमा सयौ समाचारहरु आए । समाचारहरु कुनै प्रमाण सहितका थिए भने कति त बिना प्रमाण नै सम्प्रेशण भएका थिए ।
यदि यो पंतिकारसँग भएको विषयलाई नेपाल राष्ट्र बैंकले गहिरीएर अध्ययन गरेको भए बैंकलाई खारेजी सम्म गर्न सक्ने प्रसस्तै आधारहरु थिए । बैक तथा वित्तिय संस्था सम्बन्धि ऐनको दफा ३५ को (घ) (ङ) (च) र (छ) अनुसार बैंकलाई एकै हेराईमा खारेज गर्न सकिन्थ्यो । तर नेपाल राष्ट्र बैंक कुनै पनि बैंकलाई खारेजी गरी आफ्नो रोजी रोटी गुमाउन चाहान्नथ्यो । त्यसैले प्रमाण सहित आएका समाचारहरुलाई पनि हावा समाचार भनि नेपाल राष्ट्र बैकले टारी दियो र बैंकमा कुनै पनि समस्या छैन भनि चोर बैंकलाई चोख्याई दियो ।
यहाँ मैले बैंकलाई चोर भनि सकेको छु अब म बैंक कसरी चोर भयो भन्ने तत्थ्यलाई एनआईसी एसिया बैंकले उपलब्ध गराएका विवरण र नेपाल राष्ट्र बैकले जारी गरेको नितीका आधारमा बैक चोर हो भनि प्रमाणित गर्नेछु ।
२०७५ असार २७ गते जारी एको मौद्रिक नितीले २०७५ असारसम्म कृषीमा १० र पर्यटन तथा उर्जाम १५ प्रतिशत कर्जा प्रवाह गर्नु पर्ने यदि नगरेमा जरीवाना तिर्नु पर्ने व्यवस्था गरेको थियो । व्यवस्था अनुसार एन आईसी एसिया बैंकले कृषीमा १० प्रतिशत कर्जा प्रवाह गरेको छ भने पर्यटन तथा उर्जामा १५ प्रतिशत कर्जा प्रवाह गर्न सकेको छैन । एनआईसी एसिया बैंकले २०७५ असारसम्म उर्जा तथा पर्यटनमा जम्मा १०.८८ प्रतिशत मात्र कर्जा प्रवाह गर्न सकेको छ । निर्देशनले गरेको व्यवस्था अनुसार बैकले १५ प्रतिशत कर्जा नपु¥याएकोले करीव १४ करोड जरीवाना नेपाल राष्ट्र बैंकलाई तिर्नु पर्ने तर नतिरेर करीव १४ करोड चोरी गरेको छ ।
यहि चोरी गरेको जरीवाना उठाउन नेपाल राष्ट्र बैंकका गभर्नरलाई २५ बैशाखमा उजुरी परे पनि गभर्नरले जरीवाना उठाएका छैनन् । गभर्नरले जरीवाना किन उठाएनन् त ? यो प्रश्नको दुइटा मात्र जवाफ छ । पहिलो जवाफ, नितीले नदिएकोले जरीवाना असुल नगरेको, दोस्रो जवाफ बैंकसँग आर्थिक लेनदेन गरेरकोले जरीवाना असुल नगरेको । दुईटा भन्दा अर्को जवाफ गभर्नरसँग छैन । अब सिधै बैंकसँग आर्थिक लेनदेन गरेकोले जरीवाना नउठाएको भनेर भन्ने नैतिक आधार गभर्नरसँग छैन भने नितीले गर्दा जरीवाना नउठाएको भन्ने हो भने जरीवाना उठाउन नमिल्ने निती नै छैन त्यसैले गभर्नर मौन बसेर यो विषय ढिसमिस गर्न खोजी रहेका छन् ।
सम्भवत बाणिज्य बैंकहरु मध्ये एनआईसी एसिया बैंकका कार्यकारी प्रमुख सबै भन्दा कान्छा हुन् । उमेरले कान्छा भए पनि उनको खासीयत भनेकै सेटिङ्ग मिलाउन सक्ने हो । सेटिङ्ग मिलाएर खारेजी हुन लागेका बैकलाई बचाए भने अहिले जरीवानाको केश पनि सेटिङ्ग गरेर ढिसमिस गरेको देखिन्छ । सेटिङ्ग मिलाउने मामीलामा आफ्नो पद जोगाउन अध्यक्षले गरेको ठूलै अपराधलाई पनि गुपचुप बनाएका छन् । पद जोगाउन ठूलै सेटिङ्ग बैंक भित्रै मिलाएर राखेको चर्चा दोलखाली समुहमा केहि समय अघि निकै चलेको थियो ।
माथि उठाईएको जरीवानाको प्रशंगमा जरीवाना त राष्ट्र बैंकले तोकेर उठाउनु पर्ने हो भन्ने प्रश्न आम पाठकहरुको मनमा आउन सक्छ ।
राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन अनुसार जरीवाना तिर्ने पहिलो दायित्व एनआईसी एसिया बैंकको हो । निर्देशनमा प्रस्ट भनिएको छ, “गणना अबधिमा सम्बन्धित बैंकले लिने अधिकतम ब्याज बराबरको जरीवाना असुल गरीने छ । यसरी गणना गर्दा तीन महिनामा जति ब्याज हुन्छ सोहि बराबर जरीवाना कायम गरीने छ ।” यसरी निर्देशनले जरीवाना गणना गर्ने बिधि र जरीवाना प्रतिशत समेत उल्लेख गरी सकेकोले कर्जा प्रवाह गर्न नसेको अवस्थामा बैंकले कर्जा प्रवाह गर्न नकेकोले निर्देशन अनुसारको जरीवाना बैंकले राष्ट्र बैंकलाई बुझाउनु पर्ने र राष्ट्र बैकले असुल गर्नु पर्ने हो तर तिर्ने र असुल गर्ने कार्य भएको छैन ।
अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि उजुरीको आधारमा आयुक्त राजनारायण पाठकले पैसाको बार्गेनिङ्ग गरे जस्तै गभर्नरले बैंकसँग बार्गेनिङ्ग गरेनन् भन्ने आधार केहि पनि देखिदैन । कारवाहि गरी जरीवाना असुल नगर्नु नै आर्थिक लेनदेन भएको बलियो प्रमाण हो । एउटै प्रश्न हजार चोटी गरे पनि आउने उत्तर एउटै हो । गभर्नरले जरीवाना किन उठाएनन ?? कि पैसा खाएकोले उठाएनन कि नितीले जरीवाना उठाउने अधिकार नदिएकोले । यो प्रश्नको उत्तर नेपाल राष्ट्र बैकका प्रबक्ताले दिनु पर्ने हो । प्रबक्ताले मोवाईल नं. ब्लक गरेकोले प्रबक्ताबाट यसको जवाफ पाउन सकिएन । गभर्नरले दिन्छन् कि भनेर गभर्नरको मोवाईलमा फोन गर्दा गभर्नरले पनि नं. ब्लक गरेको देखियो । कार्यालयमा फोन गर्दा पिएले सम्पर्क गराउन चाहेनन । अब प्रश्नको जवाफ खोज्न कहाँ जाने ?
यो त भो बैंकले जरीवाना चोरी गरेको र सो चोरीमा नेपाल बैकले सहयोगी भूमिका खेलेको प्रशंग । अब अर्को प्रशंगतिर जाउँ । जुन प्रशंगमा एनआईसी एसिया बैकले सिष्टम भन्दा बाहिर गई करीव ३ अर्व रुपैयाँ कसरी अपचलन गरेको छ । यो पनि एक प्रकारको चोरी नै हो । बैंकले कसरी अर्को चोरी गर्यो त अब सो चोरीको अप्रेशनतिर लागौ ।
अप्रेशनमा उल्लेख गरीएका श्रोत सामाग्राीहरु एनआईसी एसिया बैंकले उपलब्ध गराएका विवरणहरु हुन बैंकले उलब्ध गराएको विवरण अनुसार २०७५ फागुन महिनाको अप्रेशन गरीएको छ । सबै महिना र सबै शिर्षकको अप्रेशन गर्दा आलेश निकै लामो हुन्छ त्यसैले कुनै एक महिनाको मात्र अप्रेशन गरीएको हो र सोहि आधारमा अन्य महिनामा र शिर्षकको अप्रेशन गर्दा बैंकले करीव ३ अर्व चोरी गरेको देखिन्छ अर्थात ३ अर्व सिष्टम भन्दा बाहिर गई अपचलन गरेको देखिन्छ ।
२०७५ माघ महिनाको अन्तिमसम्म बैंकले होटल शिर्षकमा रु. ६ अर्व ४१ करोड २० लाख कर्जा प्रवाह गरेको देखिन्छ । माघ महिनाको अन्तिम मौज्जाद फागुन महिनाको सुरुको मौज्जाद हुन्छ । गणितीय भाषामा यो स्वयम सिद्ध तत्थ्य हो । फागुन महिनाको सुरुको मौज्जाद रु. ६ अर्व ४१ करोड २० लाखमा फागुन महिनामा नयाँ कर्जा प्रवाह भएकोले नयाँ कर्जा रु. ५८ करोड २५ लाख जोडीन आयो । अव फागुन महिनासम्मको होटल शिर्षकमा कर्जा रु. ६ अर्व ९९ करोड ४३ लाख भयो । फागुन महिनामा होटल शिर्षकमा बैकले रु. ९५ लाख असुली गरेको कर्जा घटाउदा अव फागुन महिनाको अन्तिम सम्म बैंकको वास्तविक कर्जा रु. ६ अर्व ९८ करोड ४७ लाख मात्र हुन्छ । तर बैंकले नेपाल राष्ट्र बैंकलाई फागुन महिनाको अन्तिमको होटल शिर्षकमा कर्जा रु. ६ अर्व ९५ करोड १६ लाख भनि प्रतिवेदन पठाएको छ । यसरी बैंकले ३ करोड ३० लाखको रकम सिष्टमबाट गायव बनाएको छ ।
माथिको उदाहरण एक महिनाको होटल शिर्षकको मात्र हो । फागुन महिनामा पैसा गायव भए जस्तो अन्य महिना र शिर्षकमा गरी करीव ३ अर्व रुपैयाँ बैकले गायव बनाएको छ । यो गायव बनाउने कार्य बैंकको माथिल्लो तहबाट मात्रै सम्भव छ । माथिल्लो तह भनेको संचालक समिती आई हाल्छ । बैकका संचलकहरुमा धेरै जसो मारवाडि नै छन् । यो तत्थ्यले पनि मारवाडीहरुले चोर्न मात्र सिकाउछन् भन्ने तत्थ्यलाई प्रमाणित गरेको छ ।