

काठमाडौं – सेयर बजार कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले घटेको छ। नेप्से ५.८७ अंकले घटेर दुई हजार ४४.७२ बिन्दुमा झरेको छ।
आजको कारोबारमा आएका दुई सय २५ कम्पनीको ३९ लाख आठ हजार कित्ता सेयर एक अर्ब ६४ करोड २६ लाख ४८ हजार रुपैयाँ बराबरमा खरिद–बिक्री भएको छ। बुधबारको तुलनामा आज कारोबार रकममा पनि सामान्य गिरावट आएको छ। बुधबार एक अर्ब ७३ करोड १८ लाख ३२ हजार रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको थियो ।
बिहीबार अन्य उपसमूह १.०९ प्रतिशत र बैंकिङ उपसमूह ०.१७ प्रतिशत बढ्दा बाँकी सबै उपसमूहको सूचक घटेको छ। आज लगानी, जीवन बिमा र व्यापार उपसमूहको परिसूचक एक प्रतिशतभन्दा बढीले गिरावट आएको छ।

