२०८३ बैशाख १८, शुक्रबार
 

नेप्से परिसूचक ४.८९ अंकले वृद्धि

prabhu bank home loan

काठमाडौं – पछिल्लो एक सातादेखि निरन्तर रूपमा वृद्धि भएको नेप्से परिसूचक बुधबार पनि सामान्य अंकले वृद्धि भएको छ ।

बुधबार नेप्से परिसूचक ४.८९ अंक बढेर २०५०.५९ बिन्दुमा पुगेको हो । बुधबार कारोबारमा आएका दुई सय १५ कम्पनीको ४१ लाख ३३ हजार कित्ता सेयर एक अर्ब ७३ करोड १८ लाख ३२ हजार रुपैयाँबराबरको खरिदबिक्री भएको छ ।

बुधबार नेप्से परिसूचक झिनो अंकले बढे पनि कारोबार रकम भने गिरावट भएको छ । मंगलबार दुई अर्ब २९ करोडको सेयर कारोबार भएको थियो । बुधबार नेप्सेका १३ उपसमूहमध्ये आठ उपसमूहको परिसूचक बढेको छ भने बाँकी पाँच उपसमूहको परिसूचक घटेको छ । जसमा विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फन्ड, निर्जीवन बिमा कम्पनी र अन्य उपसमूहको परिसूचक बढेको छ भने बाँकी अन्य उपसमूहको परिसूचक घटेका छन् ।

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

seven − four =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने