२०८३ बैशाख १७, बिहिबार
 

पार्टी विभाजनपछि पहिलोपटक ओली–नेपालको बोलचाल

prabhu bank home loan

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पार्टी विभाजनपछि पहिलोपटक बोलचाल भएको छ। प्रधानमन्त्रीको शपथग्रहण समारोहमा शीतल निवास पुगेका ओली नेपालबीच संवाद भएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथग्रहण समारोहमा ओली र नेपाल एकै ठाउँमा बस्न पुगे। सँगै बसेका ओलीले नबोली बस्न सकेनन्। बोलचालको सुरुवात ओलीले गरे। उनले नेपालको स्वास्थ्यको विषयमा सोधे। शपथग्रहण भइरहेका बेला नै ओलीले नेपाललाई हातले कोट्याउँदै स्वास्थ्य अवस्थाका विषयमा सोधे, ‘तपाईं बिरामी हुनुहुन्छ भन्ने सुनेको थिएँ, अहिले कस्तो छ रु ठिक हुुनु भयो रु’ ओली बोलेपछि नेपालले पनि मुख खोले उनले घरी–घरी समस्या भए पनि अहिले सुधार हुँदै गएको बताए।

नेपाल निमोनिया भएर टिचिङ अस्पताल महाराजगन्जमा भर्ना भएका थिए। त्यसबेला नेपाललाई भेट्न तत्कालीन प्रधानमन्त्री देउवा र प्रचण्ड अस्पतालमा नै पुगेका थिए।

शपथग्रहणपछि चियापानमा पनि ओली र नेपाल सँगै बसे। त्यो बेलामा पनि उनीहरूबीच कुराकानी भयो। दुवैबीच राजनीतिक घटनाक्रमका विषयमा पनि कुराकानी भएको थियो। ओलीले भने ‘म पनि किनारामा बसेर हेरिरहेको छु।’ नेपालले ‘तपाईं मात्र किन, म पनि किनारामै बसेर हेरिरहेको छु’ भन्ने जवाफ दिए।

ओलीले निर्वाचनमा विजयी भए पनि कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई फोन नै गरेर बधाई दिएका थिए। तर, नेपाललाई भने ओलीले फोन पनि गरेका थिएनन्।

२०७८ वैशाख ३० मा ओली र नेपालबीच चपली हाइटमा भेटघाट भएको थियो। त्यो भेटपछि सायदै ओली र नेपालबीच भेटवार्ता र कुराकानी भयो। नेपालले २०७८ भदौ २ मा एमाले फुटाए र एकीकृत समाजवादी बनाए।

ओलीले नेपाल नेतृत्वको पार्टीलाई स्वीकार गरेका छैनन्। २०७७ पुस ५ को पहिलो संसद् विघटनपछि प्रचण्डकै पछि लागेर गएका नेपाल भने नयाँ गठबन्धनमा आएका छैनन्। पछिल्लो समयमा नेपाल एक्लिएका छन्।

निर्वाचनमा पनि प्रत्यक्षमा १० सिट जिते पनि नेपाल नेतृत्वले पार्टी थ्रेस होल्ड पनि कटाउन सकेको छैन। नेपाल १५ वर्ष एमालेको महासचिव र एमालेबाटै प्रधानमन्त्री पनि भएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

six + nine =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने