२०८३ बैशाख १७, बिहिबार
 

सागर ढकाल भन्छन् मलाइ प्रचार गर्न रोक लगाइयो

prabhu bank home loan

काठमाडौं – प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उमेदवारी दिएका सागर ढकालले आफूलाई डडेल्धुरामा प्रचार गर्न रोक लगाइएको बताएका छन् ।

सोमबार साँझ सामाजिक सञ्जालमा उनले आफूलाई माइकिङमा समेत रोक लगाइएको गुनासो गरेका छन् ।

उनले चुनावी प्रचारका दौरान प्रधानमन्त्री देउवाले कानुनको उल्लंघन गर्दा प्रशासन मौन बसेको तर आफूले माइकिङ गर्दा रोक लगाइएको बताएका छन् ।

उनले लेखेका छन्:

मलाई जोगाइदिनुस् – जनता गुहार्नु बाहेक केही बाँकि रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ, कुरा गर्नु नगर्नु बेकार छ। मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरि माइकिंग गर्न पनि दिएको छैन। मलाइ रोकेको छ ।

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

3 × 3 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने