२०८३ बैशाख ८, मङ्लबार
 

देशी विदेशीको षडयन्त्रकै कारण मेराे टिकट खाेसियोः भीम रावल

prabhu bank home loan

काठमाडौं – एमाले नेता भीम रावलले आफूलाई प्रतिनिधिसभाको टिकटबाट वञ्चित गरिनुमा देशी विदेशी षडयन्त्र भएको र त्यसमै परेर एमाले अध्यक्ष केपी ओलीले टिकट नदिएको बताएका छन् ।

बिहीबार कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो देशभक्त र राष्ट्रहितको तेजोबध गर्नकै लागि राजनीति सिध्याउन टिकट नदिइएको आरोप लगाए । उनले आफूले एमसीसीकाे विराेध गर्दा र विपक्षमा भाेट हाल्दा त्यसलाई अहिले टिकट दिने बेला उठाइएकाे बताए ।

रावलले ओलीले गरेको निर्णय प्रथम दृष्टिमै स्वेच्छारिता र गलत रहेको पनि दाबी गरे । ‘षड्यन्त्रपूर्ण स्वेच्छाचारी ढंगले मलाई निर्वाचन नलड्ने भ्रमपूर्ण प्रचार गरियो । सोहीअनुसार रावल सम्पर्कविहीन भनेर प्रचार गरियो । माफी माग्नुपर्ने हल्ला चलाइयो । यसमा पार्टीको जिम्मेवारीमा रहेका केही व्यक्ति लागेका थिए । ओलीका मान्छेले गरेको अध्ययनमा मलाई हराउन नसकिने देखियो । त्यसपछि कुनै योगदान नै नभएका व्यक्तिलाई टिकट दिइयो,’ रावलले भने ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

sixteen − 15 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने