२०८३ बैशाख ८, मङ्लबार
 

जय नेपाल हलको कम्पाउण्ड खोतल्दा फेला पर्यो टुकुचा खोला

prabhu bank home loan

काठमाडौं – काठमाडौ महानगरपालिकाको टोलीले जय नेपाल हलको कम्पाउन्डभित्रै टुकुचा खोलाको उत्खनन गरेको छ ।

अनधिकृत भौतिक संरचना भत्काउे क्रममा काठमाडौ महानगरपालिकाको टोली बिहीबार जय नेपाल हल पुगेको थियो । महानगरले नक्साअनुसार खोला अतिक्रमण गरेर भौतिक संरचना बनाएको स्थानीयको मागबमोजिम हलको कम्पाउन्डभित्र डोजर चलाएको थियो ।

हलको कम्पाउण्ड खनेर खोला उत्खनन् गर्नेक्रममा करिब १५ फिटको गहिराइमा टुकुचा खोला फेला परेको छ । टुकुचा खोला यसक्षेत्रमा गायब भएपछि स्थानीयहरुले खोला उत्खनन्को माग गर्दै आएका थिए ।

महानगरले १२ साउनमा सूचना जारी गरेर टुकुचाको अतिक्रमण हटाउन ३५ दिने निर्देशन दिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

1 × five =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने