२०८३ बैशाख ८, मङ्लबार
 

डेंगुका बिरामीले भरिए राजधानीका अस्पताल

prabhu bank home loan

काठमाडौं – डेंगुका बिरामीले पछिल्लो समय राजधानीका अस्पतालहरू भरिभराउ हुन थालेका छन् । सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत यसका बिरामीको चाप बढेको छ ।

यसबाहेक निजी अस्पतालमा पनि उपचारका लागि पुग्ने संक्रमितको संख्या पनि उत्तिकै छ । सिभिल अस्पताल बानेश्वरमा दैनिक दुई सयजना डेंगुका बिरामी उपचारका लागि आउने गरेका छन् । उनीहरूलाई सामान्य उपचारपछि इन्मर्जेन्सीबाट सिटामोल दिएर घर फर्काउने गरिएको छ । गम्भीर लक्षण देखिएकाहरू भर्ना भएर उपतचाररत छन् ।

हाल सिभिलमा १३ जना डेंगुका बिरामी छन् । त्यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ३० जना भर्ना भएका छन् । चारजनाको आइसियूमा उपचार भइरहेको छ ।

त्रिवि शिक्षण अस्पतालमा ३८ जना अस्पताल भर्ना भएका छन् । त्यसमध्ये तीनजनाको आइसियूमा उपचार भइरहेको छ । त्यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ जना डेंगुका बिरामी भर्ना भएका छन् । दुईजनाको आइसियूमा उपचार भइरहेको छ । वीर अस्पतालमा पनि १७ जना डेंगुका बिरामी भर्ना भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

19 + four =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने