२०८३ बैशाख ८, मङ्लबार
 

एकिकृत समाजवादी थाक्रेको प्रथम गाउँ अधिवेशन सम्पन्न

prabhu bank home loan

धादिङ – नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी थाक्रेको गाउँ पार्टी कमिटीको प्रथम अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।

पार्टीका केन्द्रिय उपाध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको विशेष आतिथ्यता सम्पन्न भएको अधिवेशनले ७३ सदस्यिय कमिटी गठन गरेको छ ।

उक्त अधिवेशनले थाक्रेको पार्टी अध्यक्षमा माधव गजुरेललाइ चयन गरेको छ ।  पार्टीको प्रथम गाउँ अधिवेशनबाट गजुरेल अध्यक्षमा चयन भएका हुन् ।

यस्तै उपाध्यक्षमा रामेश्वर सुबेदी र मेघनाथ पराजुली, सचिवमा कृष्ण आले र उपसचिवमा तेजमाया रसाईली, प्रकाश थापा र सुर्य घलान सहित ७३ सदस्यिय कमिटी गठन गरिएको छ ।

निर्वाचित सबैलाई पार्टीको केन्द्रिय उपाध्यक्ष राजेन्द्र पाण्डेले सपथ खुवाएका छन् । यस्तै विभिन्न पार्टी परित्याग गरि एकिकृत समाजवादीमा प्रवेश गरेकाहरुलाई स्वागत पनि गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

one + 6 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने