२०८३ बैशाख ८, मङ्लबार
 

यस्तो छ, हर्क साम्पाङको सय दिने कार्य विवरण

prabhu bank home loan

काठमाडौं – धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका उनले पहिलो बुँदामा नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरेको उल्लेख गरेका छन् ।

आफ्नो आधिकारिक फेसबुक एकाउन्टमार्फत उनले सार्वजनिक गरेको कार्य विवरणमा ४ ठाउँबाट खानेपानीको मुहान थपेको, व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएको र ६ लाख विरुवा रोपेको उल्लेख छ ।

त्यसैगरी सरसफाइमा देखिने सुधार ल्याएको, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालेको, लागूऔषध विरुद्धको अभियान शुरु गरेको उनले उल्लेख गरेका छन् ।

यस्तो छ उनले सार्वजनिक गरेको कार्य विवरण :

१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें,

२. ४ ठाउँबाट खानेपानीको मुहान थपे,

३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाए,

४. ६ लाख विरुवा रोपे १

५. सरसफाइमा देखिने सुधार ल्याएँ,

६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ,

७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें,

८. बाटो मर्मत सम्भार तथा तटबन्धन, विपद व्यवस्थापन,

९. लागु औषध विरुद्धको अभियान शुरु गरें,

१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ,

११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें,

१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ,

१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ,

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

eighteen + sixteen =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने