२०८३ बैशाख ८, मङ्लबार
 

निहारिकालाई भेटेर बालेनले भने :यो अत्ति हो, यो अत्याचार हो

prabhu bank home loan

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मुलुकमा कानुनी राज्यको अनुभूति नभएको भन्दै सरकारको आलोचना गरेका छन् ।

शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत निहारिका राजपुतलाई भेटेर फर्किएपछि शाहले सामाजिक सञ्जालमार्फत् सरकारको आलोचना गरेका हुन् ।

उनले न्यायको खोजीमा रहेकी आमाले जल्न तयार हुनुपर्ने ? भन्दै राज्यलाई प्रश्न गरेका छन् ? उनले कानुनी राज्यमा यस्तो अत्याचार नहुने भन्दै आलोचना गरेका छन् ।
उनले लेखेका छन्, ‘आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।’

१७ वर्षको उमेरमा आफूलाई बलात्कार गर्ने जनकपुरका शिवराज श्रेष्ठलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन, बलात्कारको क्रममा गर्भ रहेपछि जन्मिएको बच्चा र श्रेष्ठको डिएनए परीक्षण गर्न माग गर्दै निहारिका तीन वर्षदेखि आन्दोलित छिन् ।

गत ३ असारमा सरकारले उनीसँग पाँचबुँदे सहमति गरेको थियो । सो सहमति कार्यान्वयन नभएको भन्दै पुनः आमरण अनशनमा बसेकी निहारिकाले हिजो राष्ट्रपति निवासअगाडि आफैँलाई जलाएर आत्मदाहको प्रयास गरेकी थिइन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

four × five =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने