२०८३ असार ८, सोमवार
 

आज २०७९ साउन २९ गते आइतबारको राशिफल

prabhu bank home loan

मेष –  व्यापार व्यावसायमा समय दिए पनि आम्दानी कम हुनेछ । खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न असजिलो हुनेछ । नोकरी तथा पढाइमा हुने प्रतिस्पर्धामा विजय हुन कडा मिहिनेत गर्नुपर्नेछ । पुराना समस्या पुन: बल्झने तथा ऋण लाग्नेछ ध्यान दिनुहोला ।

वृष – आकस्मिक धन तथा सम्पत्ति लाभ हुने समय रहेकोछ । शेयर बजार तथा चिट्ठाको व्यावसाय फस्टाएर जानेछ भने खाद्यान्न तथा मेडिकल व्यावसायमा लगानी गरी धन सम्पत्ति कमाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने आत्मीय मित्रको साथ रहने हुनाले महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ ।

मिथुन – राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछाडि परेको भान हुनेछ । छातीसम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । आमा तथा आमासरहका मानिससँग विवाद हुनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेको छ ।

कर्कट – व्यापार व्यावसायबाट खासै आम्दानी हुने छैन भने लगानी गर्नको लागि केही समय पर्खनु नै राम्रो हुनेछ । अध्ययनमा मन नजाने हुँदा अरुभन्दा पछि परिनेछ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने जीवनसाथीसँग असमझदारी बढ्नाले दैनिक कामहरु प्रभावित हुनेछन् ।

सिंह – साथीभाइ तथा आफन्तसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा पहिले गरेका लगानीबाट मनग्य धन लाभ हुने योग रहेको छ । दमदार बोलीको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपाईंको तारिफ गर्नेछन् ।

कन्या – प्रतिष्ठित काम गर्ने अवसर आउनेछ भने विशिष्ट व्यक्तिहरु नजिकिने छन् । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउने समय रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा आम्दानीका स्रोतहरु फराकिला हुनेछन् ।  प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ।

तुला – स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेको छ सचेत रहनुहोला । व्यापारमा लगानी गर्न केही समय पर्खनु राम्रो रहेको छ । तर पनि विदेशमा उत्पादित सामानहरुको व्यापार फस्टाएर जानेछ । पढाइ लेखाइमा मन नजाने तथा अल्छी गर्नाले नतिजा बिग्रनेछ ।

वृश्चिक – घर परिवारबाट प्रशस्त सहयोग हुने तथा बुबाको सल्लाह मान्दै अगाडि बढ्दा मनग्य फाइदा हुनेछ । पढाइलेखाइमा सुधार गर्दै लान सकिनेछ तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट रुपैयाँ पैसा कमाउन सकिनेछ । छोटो समय तथा सानो प्रयत्नले काम बन्ने हुँदा मन प्रसन्न हुनेछ ।

धनु –  व्यापार व्यावसायमा लगानी गरे पनि लाभ थोरै मात्र हुनेछ । पैत्रिक स्रोत तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । अध्ययनमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ तापनि आफन्त तथा मन परेको मानिससँग रमाइलो यात्राको तय गर्न सकिनेछ ।

मकर –  धर्म तथा अध्यात्मतिर ध्यान जाने हुनाले शरीरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तहरुको सहयोगले उपलब्धिमूलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ । धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेको छ । नयाँ काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ ।

कुम्भ – परिवार तथा आफन्त जनसँग मनमुटाव बढ्नेछ भने पतिपत्नी तथा माया प्रेममा अविस्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ ।

मीन – व्यावसायिक यात्रा हुने भए पनि उपलब्धि भने न्यून हुनेछ । माया प्रेममा अविश्वास बढ्नेछ भने जीवन साथीसँग असमजदारी बढ्ने हुनाले कामहरु समयमा गर्न सकिने छैन । व्यापार व्यापारमा लगानी गरे पनि आम्दानी कम हुनेहुँदा दैनिकी चलाउन हम्मेहम्मे पर्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

one + 12 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने