२०८३ बैशाख ८, मङ्लबार
 

फोहोर व्यवस्थापन सहितका काम विस्तारै हुन्छ : बालेन्द्र शाह

prabhu bank home loan

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनसहितका काम विस्तारै गर्दै जाने बताएका छन्। पोखरामा भएको महानगरका मेयर र उपमेयरको सम्मेलनलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। शाहले यो महानगरमा वर्ष १२ अर्बजति राजस्व संकलन हुने बताउँदै काठमाडौंले भोगेको समस्या र अरुको समस्या फरक रहेको उल्लेख गरे।

काठमाडौंबाट सिक्ने कुरा धेरै छन्। साना साना कुराहरु छन् ती समस्या अरु नगरले पनि भोग्नुपर्ने हुन्छ उनले भने, पानी, फोहोर र पब्लिक ट्रान्सपोटेसनको समस्या छ यहाँ। मेलम्चीको पानी खानुपर्ने होइन काठमाडौं उपत्यकाले। तर हामीले ढुंगेधारा र हिटीबाट पानी खाइरहेको सहर बिगार्यौँ। सिमेन्ट प्रयोगले काठमाडौं बिग्रियो। गिटी हाल्ने र नदी नाला मास्ने काम भएको छ। शाहले कम्तीमा आठआनाभन्दा तल घर बनाउनै नदिएको भए काठमाडौंमा पानी रिचार्ज सम्भव हुने बताए।

उनले फोहोर व्यवस्थापन पनि हतारमा नगर्ने बताए। हामीले मलका रुपमा फोहोरलाई व्यवस्थापन गर्न सक्थ्यौँ। नेपालले मलमा पनि आत्मनिर्भर हुनुपर्छ उनले भने, हामीले अहिले फोहोर व्यवस्थापनमा हतार गरेका छैनौँ। फोहोर व्यवस्थापनमा हतार गर्दैनौँ। अहिलेसम्म फोहोर किन व्यवस्थापन नभएको भन्ने कुरा छ। तर हामी यसलाई दीर्घकालीन योजनासहित मिलाउँछौ।

शाहले तत्कालै २ र ५ अर्ब खर्चेर मेसिन ल्याउन सकिए पनि फोहोर व्यवस्थापन तुरुन्तैलाई नभइ ३० र ५० वर्षसम्म दीगो हुने फोहोर व्यवस्थापन गर्ने योजनामा महानगर रहेको बताए। हामीले हरेक महिनाको हरेक सोमबार महानगरपालिका, सडक विभाग र विद्युत् प्राधिकरणसँग छलफल गर्छौँ। अब हामीले आत्तिएर पैसा खर्च गर्दैनौ , उनले भने, २५ अर्बको बजेट व्यवस्थितरुपमा खर्च गर्छौँ। काम नदेखियोस् तर ५० र १०० वर्षका लागि हुने गरी काम गर्ने दिशामा छौँ।

शाहले बरु एक वर्ष गाली खाने तर उपत्यकालाई थप बिग्रिन नदिने बताए। बरु एक वर्ष हामी महानगरबासीबाट गाली खान तयार छौँ । उनले भने, उपत्यकालाई बिग्रिनबाट जोगाउनुपर्छ। हामीलाई सय तले भवन चाहिएको छैन। अहिले नै ३० तलाको भवनमा पर्यटक राख्नु भन्दा होम स्टेमा राख्नु ठीक हो। तला बढाउनेभन्दा घर घरमा पर्यटक राखेर आम्दानी दिलाउनु राम्रो हो। उनले एउटा मेयरले सस्तो लोकप्रियता नभएर ५० वर्षपछाडि सोचेर काम गर्नुपर्ने तर्क पनि गरेका छन्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

17 − 2 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने