२०८३ बैशाख ८, मङ्लबार
 

अर्थमन्त्रीमा जनार्द्धन शर्मा पुन: नियुक्त, केहीबेरमा सपथ हुँदै

prabhu bank home loan

काठमाडाैं – अर्थमन्त्रीमा जनार्द्धन शर्मा पुन: नियुक्त हुनुभएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्दै आउनुभएकाे अर्थमन्त्रालयको जिम्मेवारी शर्माले सम्हाल्ने गरी नियुक्ति गरिएको राष्ट्रपति कार्यालयले जारी गरेकाे विज्ञप्तिमा जनाइएकाे हाे ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा शर्मालाई मन्त्री पदमा नियुक्त गरी हाल प्रधानमन्त्रीले सम्हाली आएको अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्ति एवं कार्यभार ताेक्नुभएकाे छ ।

नवनियुक्त अर्थमन्त्री शर्माकाे पद तथा गाेपनीयताकाे सपथ अहिले केहीबेर (साँझ साढे ५ बजे) मा हुने राष्ट्रपति कार्यालयले जनाएकाे छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

3 × five =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने