२०८३ बैशाख ९, बुधबार
 

स्थानीयले भदौ १ देखि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने

prabhu bank home loan

काठमाडौं – स्थानीयले भदौ १ देखि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने भएको छ । बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले बिहीबार पत्रकार सम्मेलन गरी भदौ १ गतेदेखि फोहोर फाल्न नदिने जनाएको छ। सरकार र काठमाडौं महागनरपालिकासँग पटकपटक गरिएको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

काठमाडौं महानगरपालिकाले जथाभावी फोहोर फाल्दा स्थानीय बासिन्दा समस्यामा परेको सरोकार समितिले जनाएको छ। बुधबार रिपोर्टस् क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्थानीय बासिन्दा राजन न्यौपानेले अब फोहोर फाल्न नदिने बताए।

यतिका वर्षसम्म काठमाडौं महागनर र सरकारले राम्रो बाटो समेत नबनाएको उनीहरूको भनाइ छ। “हुम्ला, जुम्ला बाटो राम्रो बन्न लागिसक्यो। तर, फोहोर लाने बाटो किन बनाइँदैन,” न्यौपानेले भने, “हामीले विकास मागेका छैनौं। फोहोर फाल्ने बाटो बनाऊ भनेका हौं, त्यो पनि भएन।”

जति गर्दा पनि काठमाडौं महानगर र सरकारले वास्ता नगरेपछि अनिश्चितकालका लागि फोहोर फाल्न रोक्ने अवस्थामा पुगेको स्थानीयको भनाइ छ।

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

eleven + two =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने