२०८३ बैशाख ९, बुधबार
 

नेप्से परिसूचक २३.८३ अंकले वृद्धि

prabhu bank home loan

काठमाडौँ – मंगलवार उच्च अंकले गिरावट भएको नेप्से परिसूचक बुधवार अन्तिम समयमा २३.८३ अंकले  बढेर २१११.९९ बिन्दुमा पुगेर बन्द भएको  छ ।

बुधवार कारोबारमा आएका २२७ कम्पनीको ७५ लाख ८ हजार १८८ कित्ता शेयर ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४१ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलवार ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका १३ वटा उपसमूहमा व्यापार उपसमूह बाहेक १२ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ । जसमा फाइनान्स उपसमूहको सबैभन्दा धेरै ४.१३ प्रतिशतले बढेको छ । व्यापार उपसमूहको ०.५८ प्रतिशतले गिरावट आएको छ ।

बुधवार शिवम् सिमेन्टको सबैभन्दा धेरै १७ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अरुण कावेली हाइड्रोपावरको १२ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

eight − 1 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने