२०८३ बैशाख ९, बुधबार
 

आजको मौसम : देशभर अविरल वर्षा जारी आवश्यक सतर्कता अपनाउन आग्रह

prabhu bank home loan

काठमाडाैं – बुधवार बिहान प्रदेश १, मधेश प्रदेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागले बुधवार एक बुलेटिन जारी गर्दै अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको र सो क्षेत्रमा वर्षा भइरहेको जनाएको हो ।

विभागका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित रहेको छ भने पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ ।

यस्तै बुधवार दिउँसो तथा रातिसम्म देशभर आंशिकदेखि सामान्य बदली रहने विभागको पूर्वानुमान छ ।

विभागले आगामी २४ घण्टामा देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको साथै प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको समेत जनाएको छ।

उक्त भू-भागहरुमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भन्दै विभागले सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

sixteen − ten =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने