२०८३ बैशाख ९, बुधबार
 

सूचना लुकाउने त्रिविका परीक्षा नियन्त्रण कार्यालयका प्रमुखलाई जरिवाना

prabhu bank home loan

काठमाडौं – राष्ट्रिय सूचना आयोगले सूचना लुकाउने त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय प्रमुखलाई जरिवाना गरेको छ। आयोगले कार्यालयका प्रमुख परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई सूचनाको हकसम्बन्धी ऐनअनुसार २० हजार रुपैयाँ जरिवाना गराएको हो।

रौतहट मलोहिया–५ निवासी राजीव दासले माग गरेको सूचना उपलब्ध नगराएबापत आयोगले जोशीलाई कारबाही गरेको हो। पटक-पटक लिखित जवाफ माग गर्दा तथा सूचना उपलब्ध गराउन आदेश दिँदा पनि सूचना उपलब्ध नगराएपछि कारबाही गरिएको सूचना आयुक्त कमला ओली थापाले विज्ञप्तिमार्फत जानकारी दिएकी छिन्।

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

17 − 1 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने