२०८३ बैशाख ९, बुधबार
 

जनस्वास्थ्यका विषयमा सरकारले चासो दिएन : योगेश भट्टराई

prabhu bank home loan

काठमाडौं – नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले स्वास्थ्य क्षेत्रमा सरकारले चासो नदिएको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले विकसित देशहरूमा समेत मंकीपक्स फैलिरहेको भन्दै नेपाल सरकारले यसमा चासो नदिएको बताएका हुन्।

विश्व स्वास्थ्य संगठनले मंकीपक्सलाई विश्व स्वास्थ्य संकटकालको घोषणा गरिसकेको अवस्थामा सिमानाहरूमा एउटै परीक्षण केन्द्र नराखेको भन्दै उनले जनस्वास्थ्यको विषयमा सरकार निद्राको अवस्थामा रहेकाे आराेप लगाए।

‘अमेरिका, बेलायतलगायतका विकसित देशमा पनि मंकीपक्सले हायलकायल बनाएको छ। नेपाल सरकारले यसबारेमा अहिलेसम्म पनि कुनै सार्वजनिक ढंगले नेपाली जनतालाई सुसूचित गरेको छैन। सरकार मौन बसिरहेको छ। सरकार निद्राको अवस्थामा छ,’ उनले भने।

सांसद भट्टराईले ३४ जनामा अहिलेसम्म हैजा फेला परेको भन्दै काठमाडौंमा हैजा फैलिसकेकाले महामारीको स्थिति उत्पन्न भएको बताए। हैजा बढ्दै जान दिने हो भने अनियन्त्रित अवस्था हुन सक्ने भन्दै उनले पिउनेपानीका मुहान र ट्यांकरको गुणस्तर परीक्षण गर्न पनि सरकारको ध्यानाकर्षण गराए।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

3 + sixteen =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने