

काठमाडौं – निर्माता तथा निर्देशक भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
बोर्डका पूर्वअध्यक्ष दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको पदमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केसीलाई नियुक्त गरेको हो ।
चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १० जनाले निवेदन दिएको सूची मन्त्रालयले सार्वजनिक गरेको थियो । मन्त्रालयले निर्माता केसीसहित अरुणकुमार प्रधान, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार र सुष्मा कार्कीको नाम उम्मेदवारका रूपमा छनोट गरेको थियो ।

