२०८३ बैशाख ९, बुधबार
 

जोरपाटीमा लेदो माटोसहितको फोहोरा पानी निस्कियो

prabhu bank home loan

काठमाडौँ  –  काठमाडौँको जोरपाटीमा लेदो माटो र पानीसहितको फोहोरा निस्किएको छ । यो फोहोरा वरपरका घरभन्दा पनि अग्लो देखिन्छ । यसबारे अध्ययन गर्न प्रहरीले खानी विभागका अधिकारीहरुलाई बोलाएको छ ।

स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएको प्रहरी वृत्त बौद्धले जनाएको छ । एक घण्टाअघि निस्किएको उक्त फोहोरा अहिले पनि निरन्तर छ ।

माटो र बालुवाको लेदो आकाशतर्फ उड्दा वरपरका घरहरुमा हिलो र लेदो भरिने बाहेकको थप क्षति नभएको प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । थप अनुसन्धानका लागि खानी विभागका अधिकारीहरुलाई खबर गरेको जानकारी उनले दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

twenty − nine =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने