

काठमाडौँ – नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको हो ।
बुधबार प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनलाई बिहीबार प्रतितोला ९४ हजार ६०० रुपैयाँ पर्नेछ । त्यस्तै, यसअघि प्रतितोला ९३ हजार ८०० रुपैयाँ तेजावी सुनको भाउ आज बढेर ९४ हजार १०० रुपैयाँ पुगेको छ।
यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको महासंघले जनाएको छ । बुधबार प्रतितोला एक हजार १७० रुपैयाँमा कारोबार भएको चाँदी बढेर एक हजार १८० रुपैयाँ पुगेको हो ।

