२०८३ असार ७, आइतवार
 

पशुपति क्षेत्रभित्र उच्छृंखल गतिविधि गरे कारवाही हुने

prabhu bank home loan

काठमाडौं – पशुपति क्षेत्र विकास कोषले विश्व सम्पदा सूचीमा सुचिकृत पशुपति क्षेत्रभित्र हुने सबै प्रकारका उच्छृंखल गतिविधिमाथि रोक लगाउने निर्णय गरेको छ ।

पशुपति क्षेत्र मानवीय गतिविधिका कारण अशान्त बन्नुको साथै पशुपछीमा समेत नकारात्मक असर पुगेको निश्कर्ष निकाल्दै काेषले १ साउनबाट लागू हुनेगरी उच्छृंखल गतिविधिमाथि रोक लगाउने निर्णय गरेको हो । कोषले हिन्दू धर्मालम्बीहरूको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई शान्त बनाउन अभियान अघि सारेको हो ।

आन्तरिक मात्र नभई विदेशी पर्यटकहरूको समेत रोजाइको गन्तव्य पशुपति क्षेत्रभित्र पछिल्लो समयमा चर्को स्वरमा संगीत बजाउने, जुम्बा डान्स गर्ने, योगको नाममा अप्राकृतिक गतिविधि हुँदै आएको छ । कोषले धार्मिक आस्थाको केन्द्रलाई ध्यान गर्ने स्थलको रुपमा कायम राख्न अप्राकृतिक गतिविधि रोक्न सुरु गरेकाे हाे ।

कोषले मर्निङ वाकको नाममा पौराणिक एवं ऐतिहासिक धार्मिक गतिविधिभन्दा भिन्न किसिमका गतिविधिहरू हुनु आपत्तिजनक विषय भएको बताउँदै ब्याटमिन्टन, फुटबल, भलिबल खेल्ने, चर्को स्वरमा संगीत बजाएर नाच्न नदिने बताएको छ । धार्मिक ध्यान केन्द्रमा अप्राकृतिक गतिविधि हुँदा पशुपति क्षेत्रमा रहेका बाँदर, मृग, तथा अन्य पशुपछी, जावतजावत गर्न कठिन हुनुको साथै उनीहरूको दैनिकीमै असर पुगेको कोषले जनाएको छ ।

कोषले १ साउनदेखि लागू हुने गरी हाल हुँदै आएको उच्श्रृंखल गतिविधिमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । यस्ता खालका गतिविधि नगर्न र नगराउन आग्रह गर्दै कोषले आग्रहलाई बेवास्था गरे कानुन बमोजिम कारवाहीको प्रक्रिया समेत अघि बढाउने चेतावनी दिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

eight − eight =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने