२०८३ बैशाख ५, शनिबार
 

११.६८ अंकले बढ्यो नेप्से

prabhu bank home loan

काठमाडौं – मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.६८ अंकले बढेको छ । हिजो ७७ अंकले बजार घटेको बजार आज दोहोरो अंकले सुधारिएको हो । यसक्रममा आज १ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

सेयर बजार ११ अंकले बढेपछि नेप्से परिसूचक १ हजार ९२७ अंकमा पुगेर बन्द भएको छ । आज बजार परिसूचक ०.६१ प्रतिशतले सुधारिएको छ । यसैगरी, आज सेन्सेटिभ समूह २.०९ अंकले बढेर ३६८ अंकमा पुगेको छ । आज यसक्रममा ४९ लाख कित्ता सेयर किनबेच भएर १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । बजार दोहोरो अंकले सुधारिएको दिन आज सप्तकोसी विकास बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता २० रुपैयाँले बढेर २३४ रुपैयाँ पुगेको छ । यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य साढे ८ प्रतिशतले बढेको छ । यससँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३८ रुपैयाँले बढेर ५०४ रुपैयाँ पुगेको छ ।

यसैगरी, आज नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य साढे ४ प्रतिशतले घटेर ८२० रुपैयाँमा आइपुगेको छ । यस्तै, आज नेप्सेमा कारोबार भएका सबै १३ वटै समूहमा सुधार आएको छ । जसमध्ये, निर्जीवन बीमा समूहमा ७४ अंकको सुधार आएको छ भने उत्पादनमूलक समूहमा ६५ अंकको सुधार आएको छ । यस्तै, होटल एण्ड टुरिजम समूह ४१ अंकले बढेको छ भने व्यापार समूह २६ अंकले बढेको छ भने विकास बैंक समूह २६ अंकले बढेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

1 × 2 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने