

काठमाडौँ – आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको हो ।
सोमबार प्रतितोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर ९४ हजार ५०० रुपैयाँमा कारोबार हुने भएको छ भने ९४ हजार २०० रुपैयाँ रहेको तेजावी सुन आज घटेर ९४ हजार रुपैयाँमा कारोबार हुने भएको छ ।
यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको महासंघले जनाएको छ । सोमबार प्रतितोला एक हजार १८५ रुपैयाँ रहेको चाँदी आज भने एक हजार १७५ रुपैयाँमा कारोबार हुनेछ ।

