

काठमाडौं – काठमाडौं महानगरपालिकाले रातोपुलस्थित धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई जरिवाना तिराएको छ।
प्राक्टिकल बेस्ट सोलुसन प्रालिलाई महानगरले २५ हजार रुपैयाँ जरिवाना तिराएको मेयर बालेन शाहले फेसबुक मार्फत जानकारी दिएका छन्।
शाहले कुनै पनि अवाञ्छित कार्यहरू कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन जरूरी भएको बताएका छन्। शाहले त्यस्ता कार्यहरू सार्वजनिक गरेर महानगरसम्म पुर्याइदिएकोमा धन्यवाद प्रकट गरेका छन्।
आगामी दिनहरूमा यस्ता कार्य नदोहोर्याउन र गरेको देखेमा यसरी नै सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिन पनि शाहले अनुरोध गरेका छन्।

