

काठमाडौँ – सोमबार सेयर बजारको परिसूचक नेप्से १९१५ अंकमा झरेको छ । कारोबार खुलेदेखि नै उच्च गिरावट आएकोमा बजार बन्द हुँदा नेप्से ७७ अंकले घटेको हो । कुल २ अर्ब ३२ करोड रुपैयाँको सेयर कारोबार भयो । सबै उपसमूहका सूचक घटेका छन् ।
बैंकिङ ३७, विकास बैंक १५०, फाइनान्स ८७, होटल तथा पर्यटन ५६, जलविद्युत् ११९, जीवन बीमा ४५०, उत्पादन १६६, माइक्रोफाइनान्स १८७, निर्जीवन बीमा ३६५, अन्य ७० र ब्यापार उपसमूह ११६ अंक घटे । एउटा कम्पनी सोल्टी होटलको मात्रै सेयर मूल्य बढ्यो भने १८८ को घट्यो । ग्रामीण विकास लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । किसान लघुवित्त, हिमालय पावर पार्टनर, माउन्टेन हाइड्रोको मूल्य ९ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, एनआईसी एसिया बैंक, माथिल्लो तामाकोसी, एसियन लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्स क्रमश: अगाडि रहे ।

