२०८३ बैशाख १७, बिहिबार
 

आयल निगमको प्रस्ताव– सवारीमा जोरबिजोर प्रणाली कार्यान्वयनमा ल्याऔँ

prabhu bank home loan

काठमाडौं – सोमबार नेपाल आयल निगमले सरकारलाई पेट्रोलियम पदार्थको खपत कम गर्न बुँदागत रुपमा विभिन्न सुझाव तथा उपायहरु सिफारिस गरेको छ ।

दुई पांग्रे र साना सवारी साधनलाई कम पेट्रोल दिनेदेखि आइतबारकाे खारेज बिदा पुनः ब्युताउनेसम्मका सुझाव तथा उपायहरु निगमले सरकारसमक्ष सिफारिस गरेको छ ।

पछिल्लो समय झन् झन् घाटामा गइरहेको निगमको आर्थिक अवस्था र भारतसँग तेल आपूर्ति गर्दा लागेको ऋण बढेसँगै निगमले पेट्रोलियम पदार्थको खपत कम गर्न सरकारलाई विभिन्न उपायहरु सिफारिस गरेको छ ।

सिफारिस पत्रमा दुई पांग्रे र साना गाडीलाई कम मात्रामा इन्धन दिन प्रस्ताव गरिएको छ । प्रस्तावमा एक पटकमा २ पांग्रे मोटरसाइकललाई ५ लिटर, कार र जीपलाई २० लिटर दिन सकिने भनिएको छ ।

यस्तै, खारेज भएको जोरबिजोर प्रणाली कार्यान्वयनमा ल्याउन सकिने, छोटो दुरीका सवारी सधनको प्रयोगमा बन्देजलगायतका व्यवस्थाहरु पनि अघि सारिएको छ ।

यसैगरी यसअघि राजपत्रमा नै जारी गरेर ल्याइएको र फेरि पछि हटाइएको आइतबारको सार्वजनिक बिदा पनि ब्युँताउनु पर्ने अवस्था आएको निगमले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

five × 1 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने