२०८३ बैशाख १७, बिहिबार
 

नेप्से परिसूचक ९.७५ अंकले घट्यो

prabhu bank home loan

काठमाडौं –  साताको पहिलो काराेबार दिन आइतबार बढेकाे सेयर बजार दाेस्राे दिन साेमबार भने गिरावट आएकाे छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.७५ अकंले घटेर २०७६.६७ बिन्दुमा काराेबार बन्द भएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७.६१ बिन्दुले बढेर २०८६.३८ बिन्दुमा बन्द भएको थियो ।

आज पुँजी बजारमा नेप्सेमा सूचीकृत २३४ कम्पनीको एक करोड नाै लाख ८१ हजार पाँच सय ९१ कित्ता सेयर किनबेच हुँदा चार अर्ब ३४ करोड ९२ लाख ७३ हजार पाँच सय ९३ रुपैयाँको कारोबार भएको हो ।

अघिल्लो कारोबार दिनमा भने सेयर बजारमा नेप्सेमा सूचीकृत २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ४८ करोड चार लाख ७३ हजार नाै सय ९८ रुपैयाँको कारोबार भएको थियो ।

सेयर बजारमा आज शिवम् सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १७ करोड ५८ लाख ८३ हजार रुपैयाँको कारोबार भएको हो । त्यस्तै, हिमालयन डिस्टलरीको १६ करोड ९० लाख ५१ हजार रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सको १२ करोड ९६ लाख ६७ हजार रुपैयाँ, अरुण काबेली पावरको ११ करोड ७८ लाख ८६ हजार रुपैयाँ र अप्पर तामाकोशी हाइड्रोपावरको ११ करोड ६७ लाख ३ हजार रुपैयाँको कारोबार भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

17 − fifteen =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने