२०८३ बैशाख ५, शनिबार
 

आजको मौसम: भारी वर्षाको सम्भावना

prabhu bank home loan

काठमाडौं – मनसुनी वायुको प्रभावले देशभर आङ्शिकदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनसार मनसुनी न्यून चापीय रेखा औषतभन्दा उत्तरतिर  रहेकाले भारी वर्षा भएको छ ।

शुक्रबारदेखि मौसममा क्रमिक सुधार हुने विभागले जनाएको छ । उक्त प्रणालीको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको केही स्थानमा पनि भारी वर्षाको सम्भावना छ ।

रातको समयमा देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा साथै मधेस प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार कास्कीमा २३.८, धनगढीमा ४२.१, विराटनगरमा ३१.६, नेपालगञ्जमा ३.२, सिमारामा ९.८, र काठमाडौँमा ४.१ मिलिमिटर वर्षा मापन भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

four × two =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने