२०८३ भदौ १९, शुक्रबार
 

नेप्से परिसूचक २९ अंकले गिरावट

prabhu bank home loan

काठमाडौं – पछिल्लो दुई सातादेखि निरन्तर रुपमा गिरावट आएको नेप्से बुधबार पनि उच्च अंकले गिरावट आएको छ । बुधबार नेप्से परिसूचक २९.८९ अंक घटेर १९६६.३७ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.६० अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७७ अंक घटेको छ ।

बुधवार कारोबारमा आएका २२९ कम्पनीको ४१ लाख ८२ हजार कित्ता शेयर १ अर्ब ४९ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलवारको तुलनामा नेप्से कारोबार रकम सामान्य अंकले बढेको छ । मंगलवार १ अर्ब १८ करोड ५५ लाख ४६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेका छन् । जसमध्ये वित्त, जलविद्युत, लगानी, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेका छन् भने बैंकिङ्ग, विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

बुधवार नेप्से परिसूचक ओरालो लागेपनि दुई वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा आँधीखोला लघुवित्त र सीवाईसी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यता,बलेफी हाइड्रोपावर र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी घटेको छ । त्यस्तै, माउण्टेन हाइड्रो, शिखर इन्स्योरेन्स शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा १२ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ । हिमालयन डिष्टिलरीको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

four × 3 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने