२०८३ बैशाख ८, मङ्लबार
 

नास्टको विज्ञ टोलीद्वारा सिसडोलको अध्ययन

prabhu bank home loan

काठमाडौं – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को विज्ञ टोलीले मंगलबार सिसडोलको अध्ययन गरेको छ।

लिचड मिसिएर भएको प्रदूषणको अध्ययन डा. रवीन्द्र ढकाल, डा. टिस्टा प्रसाइँ जोसी, डा. सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठ सहितको नास्टको विज्ञ टिमले गरेको हो। लिचड मिसिनुभन्दा अगाडि, लिच्चड मिसिएको स्थान र लिच्चड मिसिने स्थानभन्दा ९२० मिटर पर गरेर ३ फरकफरक बिन्दुबाट पानीको नमूना संकलन गरेर अध्ययन गरिएको हो।

सिसडोलबाट संकलित तीन नमूनाहरूको तुलनात्मक अध्ययन गर्दा पानीमा प्रशस्त मात्रामा लिचड मिसिएको देखिएको छ। स्रोतबाट १ किलोमिटर परसम्मको पानीमा पनि प्रदुषणको मात्रा उच्च देखिएको छ। यसबाट सो स्थानमा जलसम्बद्ध जीवजन्तुमा नकारात्मक असर परेको प्रारम्भिक अध्ययनले देखाएको छ।

विज्ञ टोलीले यो अवस्थालाई सकेसम्म चाँडो नियन्त्रण गर्न जरूरी रहेको बताएको छ।

पानी तथा लिचडको पूर्ण रिपोर्ट केही दिनमा थाहा हुने र पूर्ण रिपोर्ट प्राप्त भएपछि नास्टको टिमले नै त्यसको निरूपणको विधि पनि सुझाव गर्ने बताइएको छ। नास्ट लगायत अन्य विज्ञहरूसँग समन्वय गरेर तत्कालै गर्न सकिने, मध्यमकालीन र दीर्घकालीन समाधानको बारेमा छलफल र अभ्यास पनि गरिने बताइएको छ।

अमृता पौडेलको नेतृत्वमा आएको टोलीले सिसडोल डाँडा पनि अवलोकन गरेर सिसडोललाई गन्धरहित बनाउन चाहिने रसायन र छर्ने विधि निर्क्यौल गरेको छ। यसका लागि प्रारम्भिक कामहरू तीन दिन भित्रै सुरू गर्ने तयारी भइरहेको बताइएको छ।

 

 

 

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

20 − 17 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने