

काठमाडौं- काठमाडौं महानगरपालिकाका मुख्य सडकहरुको फुटपाथमा रहेका खाल्डाखुल्डीले गर्दा पैदलयात्रुलाइ हिँडडुल गर्न समस्या परेको छ।
हरेक वर्ष सडक निर्माणका लागि ठूला योजना ल्याइन्छ । तर फुटपाथतिर भने धेरैको ध्यान जाँदैन । एकातिर पैदलयात्रुका लागि साँघुरा र अव्यवस्थित फुटपाथ रहेको छ भने भएका फुटपाथ पनि खाल्डाखुल्डीले भरिएका छन्।
फुटपाथका खाल्डाखुल्डीले गर्दा पैदलयात्रुहरु सडकबाटै हिँडडुल गर्न बाध्य छन्,जसले गर्दा हरेक दिन असुरक्षित यात्रा भइरहेको छ ।
सामान्य मानिसकै लागि हिँडडुल गर्न गाह्रो हुने फुटपाथ अपांगता भएका व्यक्तिहरूका लागि त झनै कष्टकर हुने गरेका छन् । यस तर्फ सम्बन्धित निकायको बेलैमा ध्यान जान जरुरी छ।
हेर्नुहोस् तश्विरहरू :





