

काठमाडौं- काठमाडौं उपत्यकामा लामो समयदेखी उठ्न नसकेको फोहोर आजदेखि उठ्ने भएको छ।
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि नेपाल सरकार, सहरी विकास मन्त्रालयय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीय तहबीच सहमति भएपछि आजदेखि फोहोर उठाइने भएको हो।
उनीहरुबीच ल्यान्डफिल्ड प्रभावित क्षेत्रका बासिन्दाको स्वास्थ्य बिमा गर्ने, साउन १ गतेबाट फोहोर श्रोतमै वर्गीकरण गरेर लैजाने व्यवस्था गर्ने, धूनिवेशी र ककनी नगरपालिकाका तीन-तीन वटा वडाको यसअघिको बजेटलाई निरन्तरता दिनेलगायत सहमति भएको छ।
आन्दोलनरत बन्चरेडाडा ल्यान्डफिल्ड साइटका स्थानीयका तर्फबाट सम्बन्धित पालिकाका प्रमुखसहित सहरी विकास मन्त्री रामकुमारी झाँक्री, काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डङ्गोललगायतको उपस्थितिमा सम्बन्धित निकायका अधिकारीहरुले हस्ताक्षर गर्दै फोहोर उठाउने सहमति भएको हो।



