२०८३ जेष्ठ १८, सोमवार
 

कृषि प्रधान देशमा रासायनिक मलको अभाव, किसानलाई सास्ती

prabhu bank home loan

काठमाडौं – देशभर खेतीपातीको समय नजिकिँदै गर्दा रासायनिक मलको अभाव भएको छ। मल अभावले गर्दा किसानलाई बर्सेनि सास्ती हुने गरेको छ।

यसवर्ष जेठमै वर्षा शुरु भएकाले कतिपय ठाउँमा रोपाइँ गर्न तयारी गरिए पनि रासायनिक मल नहुँदा किसान मर्कामा परेका छन् । धान रोप्न व्याड तयार भइसक्दा समेत रासायनिक मल पाउन सकेको छैन। मुलुकभरीनै मलको चरम अभाव हुंदा पनि मल ल्याउन सरकार आनाकानी गरीरहेको छ ।

जमिन बाँझो राखे जरिवाना गर्ने भन्दै नारा लगाएको सरकारले किसानलाइ मल उपलव्ध गराउन नसक्नु लज्जासपद र दुर्भाग्यपुर्ण रहेको छ ।

मल समयमा नै नपाउँदा उत्पादन घट्ने निश्चित छ । धान उत्पादनमा १० प्रतिशतले मात्र तलमाथि हुँदा जीडीपीमा १ प्रतिशतले घटबढ हुने गर्दछ । सरकारले यो विषयलाई गम्भिर रुपमा लिएर समयमा  पर्याप्त मलको आपूर्ति गर्न आवश्यक छ।

कृषि प्रधान देश भन्ने र किसानलाइ चाहिएको समयमा मल र बिउविजन दिन नसक्ने हो भने देशमा खाध्य सङ्कट नलाउला भन्न सकिन्न। त्यसैले देशमा भइरहेको मल अभाव हटाउन सम्बन्धित निकाय गम्भीर हुन आवश्यक छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

5 × 1 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने