२०८३ बैशाख १७, बिहिबार
 

सूचनाको हक कार्यान्वयनमा संसदीय समितिको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

prabhu bank home loan

काठमाण्डौँ – राष्ट्रिय सूचना आयोगको आयोजनामा सूचनाको हक कार्यान्वयनमा संसदीय समितिको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ्गको अध्यक्षमा सम्पन्न कार्यक्रममा   विकास तथा प्रविधि समितिका माननीय सभापति कल्याणी कुमारी खड्काको प्रमुख प्रमुख अतिथिति रहेको थियो   । उक्त कार्यक्रममा संसदीय समितिका माननीय सभासदहरु आयोगका आयुक्त कमला ओली थापा र रत्न प्रसाद मैनाली, संसद सचिवालयका महासचिव, समितिका प्रमुख सचिवहरु, सञ्चारकर्मी, आयोगका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा  विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड्काले विषयगत समितिहरुले निति निर्माणको क्रममा विभिन्न ऐनहरु निर्माणको क्रममा छलफल चलाउनुपर्ने  बताइन् । उनले नागरिकलाई सूचनाको हकको बारेमा सूसुचीत बनाउन समितिका सदस्यहरुले आ आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने विचार व्यक्त गरिन् ।

प्रमुख सूचना आयुक्त  गुरुङ्गले  सूचनाको हकको कार्यान्वयनको लागि आयोगले विभिन्न कार्य गरिरहेको बताए । उनले सार्वजनिक निकायका पदाधिकारीले सूचनाको हक कार्यान्वयन नगरेमा आयोगले कारवाही गर्दै आएको, सूचना मागको क्षेत्रगत आधारलाई हेर्दा सबैभन्दा धेरै सूचना माग स्थानीय तहसँग सम्बन्धीत रहेको बताए । त्यस्तै सूचना आयुक्त रत्नप्रसाद मैनालीले  जननिर्वाचित विधायिकाबाट विधान निर्माण हुने भएको विधान निर्माणको क्रममा सूचनाको हकसँग बाझिने खालका कानून निर्माण नगरिदिन आग्रह गरे ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमज्यूले सूचनाको हकलाई संकुचित गरेर प्रजातन्त्र मजबुत हुन नसक्ने, सूचनाको हकलाई कार्यान्वयन गर्नको लागि संसद बैठकहरु लाइभ रुपमा प्रत्यक्ष प्रसारण हुने गरेको, विषयत समितिले संसदमा प्राप्त भएका प्रतिवेदन उपर छलफल चलाउदै र प्रतिवेदन नै तयार पारेर सम्बन्धित पक्षलाई बोलाएर छलफल समेत गर्ने गरेको जानकारि दिए  ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

fifteen − three =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने