२०८३ जेष्ठ १२, मङ्लबार
 

नेपाली क्रिकेट टोली अमेरिका प्रस्थान

prabhu bank home loan

काठमाडौँ – अमेरिकामा आयोजना हुन लागेको आईसीसी विश्वकप लिग–टू क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृंखलाका लागि नेपाली टोली अमेरिका प्रस्थान गरेको छ । टोलीलाई नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रमको आयोजना गरेर विदाइ गरेको थियो । टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराज, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगाएतको टोलीले विदाइ गरे ।

अमेरिका जानुअघिको विदाई कार्यक्रममा कप्तान सन्दीप लामिछानले तयारी राम्रो भएकाले नतिजा पनि राम्रो आउने विश्वास व्यक्त गरे । टोली सन्तुलित छ । हामी सबै पक्षमा तयार छौं । हामी एक दिवसीय मान्यतालाई जोगाउने भन्दा खेललाई सुखद बनाउने योजनामा हुनेछौं,’ उनले भने । धेरै खेल खेल्न बाँकी रहेकाले नेपाली टोलीलाई अर्को चरण पुग्नका लागि पनि अमेरिका भ्रमण निकै महत्वपूर्ण रहेको बताए । कप्तान लामिछानेले ब्याटिङ पक्षमा सुधार भएको र अमेरिका भ्रमणमा ब्याटिङ पक्षले जिताउनेमा आपूm आशवादी रहेको बताए ।

मुख्य प्रशिक्षक पुबुदु दशानायकेले नेपाली टोली तयारी राम्रो भएको सुखद नतिजा निकाल्नमा आफू आशावादी रहेको प्रतिक्रिया दिए । पहिलो पटक शृंखलाका लागि नेपाली टोली अमेरिका गएको हो । अमेरिकामा नेपालले घरेलु टोली र ओमानसँग त्रिकोणात्मक शृंखला खेल्नेछ । शृंखला पूर्व नेपाली टोलीले अमेरिकामा त्यहाँका दुई क्लबसँग अभ्यास खेल खेल्ने तालिका छ ।

नेपालले पहिलो खेल ओमानसँग जुन ९ तारिखमा खेल्नेछ । त्यसपछि जुन ११ मा नेपाली टिमले अमेरिकासँग खेल्नेछ भने जुन १४ मा ओमानसँग दोस्रो खेल खेल्ने तालिका रहेको छ । यस्तै जुन १५ मा अमेरिकासँग दोस्रो खेल्ने छ । आईसीसी विश्वकप लिग(टू प्रतिस्पर्धा गरिरहेका ७ टिमले ३६ वटा म्याच खेल्नु पर्छ । अहिलेसम्म ३२ म्याच खेलेको ओमानले १९ खेलमा जित र १ खेलमा बराबरी गर्दा १ खेल भने नतिजा बिहीन बनेको थियो । ओमान ४० अंकसहित शीर्ष स्थानमा छ ।

यसैगरी स्कटल्याण्ड २४ अंकसहित दोस्रो स्थानमा रहँदा युएई २२ अंकसहित तेस्रो स्थानमा रहेको छ । १२ खेल मात्र खेलेको नेपाल अहिले छैटौं स्थानमा छ । पपुवा न्युगिनीले २० खेलमा प्रतिस्पर्धा गर्दा एक मात्र जित निकाल्दै २ अंक जोडेर तालिकाको पुुछारमा छ ।अमेरिका पाँचौं स्थानमा छ भने नामिविया चौथो स्थानमा छ । ७ मध्य शीर्ष ३ मा पर्ने टिमले अर्को वर्ष हुने विश्वकप क्रिकेटको छनोटका लागि स्थान बनाउने छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

5 × 3 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने