२०८३ बैशाख १७, बिहिबार
 

राहदानी विभाग आइतबार पनि खुल्ने

prabhu bank home loan

काठमाडौँ – सेवाग्राहीको चाप बढेपछि राहदानी विभाग सार्वजनिक बिदाको दिन, आइतबार पनि खुल्ने भएको छ।

सरकारले हालै सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिन थालेपनि राहदानी विभाग भने पूर्ववत् रुपमै चल्ने भएको हो।

विभागले एक सूचना जारी गर्दै सेवाग्राहीको चाप उल्लेखनीय रुपमा बढिरहेकोले सार्वजनिक बिदाको दिन समेत राहदानी सेवा प्रदान गर्ने जनाएको छ।

‘सेवाग्राहीहरुलाई सहज र सरल तवरले राहदानी उपलब्ध गराउन यही २०७९ जेठ १५ गते आइतबारदेखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १०:०० बजे देखि अपरान्ह ०४ :०० बजेसम्म विभाग खुल्ने’, विभागको सूचनामा भनिएको छ।

राहदानीका लागि आवेदन दिई सम्बन्धित दिनको मिति र समय बुकिङ गर्ने सेवाग्राहीहरुलाई उक्त समयमा विभागले राहदानी सम्बन्धी सेवा प्रदान गर्न जनाइएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

9 + 11 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने