२०८३ बैशाख १७, बिहिबार
 

चंखेली छड्के : ‘कार्यालयबाट कार्यालय’- काम चोर कर्मचारीहरु समयमा आउदैनन् कार्यालय

prabhu bank home loan

काठमाडौ – नेपाल सरकारले सातामा २ दिन बिदा दिइ बिहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गरिएको भएपनि यातायात व्यवस्था विभागका कर्मचारीहरु समयमा नै कार्यालय नआउने गरेको पाईएको छ । चंखेली खबरले कार्यालयबाट कार्यालयमा छड्के गर्ने क्रममा यो तत्थ्य बाहिर आएको छ ।

हामिले आज विहान ९:३० बजेदेखि १० बजेसम्म कार्यालय समयमा यातायात विभागका विभिन्न कार्यालयहरुमा फोन गर्दा धेरैकोमा फोन नै उठेन।

यातायात व्यवस्था विभाग मिनभवनको वेवसाइटमा भएको फोन न ०१-४४७४९२१ नम्वरमा ५ पटक फोन गर्दा ३ पटक लागेन भने २ पटक लागेको फोन समेत उठेन। त्यस्तै यातायात व्यवस्था विभाग मिनभवन को सूचना अधिकारी लोकनाथ भुसालको फोन नं ०१४४७९६९० मा पटक पटक फोन लागेपनि उठेन।

यातायात व्यवस्था कार्यालय चावहिलको हालत पनि त्यस्तै छ। यातायात व्यवस्था कार्यालय चावहिलको वेवसाइटमा भएको फोन नं ०१४५६९५११ मा पनि पटक पटक फोन गर्दा फोन उठेन ।

यातायात व्यवस्था विभाग जगातिको फोन नम्वर ०१६६१५२११ मा फोन गर्दा पनि फोन उठेन ।

यसरी पटक पटक फोन गर्दा समेत फोन नउठेपछि यातायात व्यवस्था विभागका कर्मचारीहरु समयमा नै कार्यालयमा नआएको पाइयो ।

काम चोर कर्मचारीहरु समयमा कार्यालय नआएकोमा सम्बन्धित निकायको ध्यान जाओस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

seventeen − two =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने