२०८३ असार ३१, बुधबार
 

गोकुल बाँस्कोटाको गृहनगरमा एकीकृत समाजवादी विजयी

prabhu bank home loan

काठमाडौं – नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाको गृहनगरको प्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् ।

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका टोकबहादुर तामाङ निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार बिदुरप्रसाद सापकोटालाई एक हजार ५५ मतान्तरले पराजित गरे ।

एकीकृत समाजवादीका तामाङले ९ हजार ४०६ ल्याए भने उनका निटकतम प्रतिद्वन्द्वी एमालेका सापकोटाले ८ हजार ३५१ मत ल्याए ।

त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका विष्णुमणी नेपाल ११३०५ मत ल्याएर विजयी भएका छन् । नेपालका प्रतिद्वन्द्वी एमालेकी सरिता ढकाल ६९२४ मत ल्याएर पराजित भए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

fourteen − 11 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने