

चितवन – भरतपुर महानगरमा गठबन्धनकी उम्मेदवार रेनु दाहलले अग्रतालाई केही फराकिलो पारेकी छन् ।
पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार उनले भरतपुर महानगर प्रमुखको एमाले उम्मेदवार विजय सुवेदीलाई ५०४ को अग्रता कायम गरेकी हुन् ।
भर्खरै सार्वजनिक मत परिणाम अनुुसार रेनु दाहालले ७ हजार ७१४ मत प्राप्त गरेकी छन् । त्यस्तै एमलेका उम्मेदवार सुवेदीले ७ हजार २१० मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ६९२ मत प्राप्त गरेक छन् ।
काँग्रेसकै बागी उम्मेदवार बनेका पौडेलले पनि मत संख्या बढाइरहेका हुन् । बागी उम्मेदवारी दिएपछि उनलाई पार्टीले कारवाही गरेको थियो । त्यसपछि स्वतन्त्र उम्मेदवार बनेका उनीलाई निर्वाचन आयोगले भूँइकटहर चुनाव चिन्ह प्रदान गरेको छ ।

