

काठमाडौं – चितवनको भरतपुर महानगरपालिकाको मतगणना शनिबार बिहानबाट मात्रै हुने भएको छ ।
शुक्रबार मत पेटिका भेला गरिसकेपछि बसेको सर्वदलीय बैठकले शनिबार बिहान ८ बजेपछि मात्रै मतगणना गर्ने निर्णय गरेको हो ।
भरतपुरको विभिन् ३७१ केन्द्रबाट शुक्रबार मतपेटिका संकलन गरिएको थियो ।
यता काठमाडौं महानगरकाे मतगणना पनि शनिबार बिहान ८ बजेबाटै सुरु हुने जनाइएकाे छ ।

